बिर्तामोड : झापाको बिर्तामोड ३ स्थित मेचि आँखा अस्पतालमा आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण आयोजना गरिएको छ । झापाको बिर्तामोड र कन्काई नगर क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयका प्र.अ. तथा शिक्षक शिक्षिकालाई एक दिने आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको हो ।
मेची आँखा अस्पता र आइकेर फाउण्डेसनबिच यो आर्थिक बर्ष ४५ हजार बालबालिकाको आँखा परिक्षण गर्ने सम्झौता भएको आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।
सोहि कार्यक्रम बमोजिम मेचीनगर पालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका करीब १० हजार विद्यार्थीको आँखाको दृष्टी परीक्षण गरिएको मेची आँखा अस्पतालको स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराले जानकारी दिए ।
आइकेर फाउण्डेसनको सहयोगमा विद्यार्थीको आँखाको दृष्टी परीक्षण गरिएको उनको भनाई छ ।
विद्यालयमा विद्यार्थीको आँखा दृष्टी परीक्षण अगावै शिक्षकलाई आज भने अस्पतालको सभाहलमा एक कार्यक्रमकाबिच अभिमुखिकरण दिइएको उनले बताए । अब बिर्तामोड र कन्काईका विद्यार्थीको आँखा जाँच गरिने उनले बताए ।
कार्यक्रममा अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराले सहभागि शिक्षकहरुलाई आँखाको बनावट, जलबिन्दु, मोतिबिन्दु, आँखाको आकस्मीक उपचार गर्ने तरिका, भिटामिन ए को कमीका कारण देखिने समस्या तथा उपचार पद्धती साथै घरायसी प्राथमिक उपचारका बारेमा अभिमुखिकरण प्रदान गरेका थिए ।
त्यस्तै अर्का प्रशिक्षक अस्पतालका दृष्टि बिशेषज्ञ प्रियङ्का यादबले आँखाको कमजोरी र लेजर आइ सर्जरीको बारेमा जानकारी दिएकी थिइन ।
त्यस्तै आखां अस्पतालका नेत्र अधिकृत तथा आँखा नानी संकलन केन्द्रका इन्चार्ज पुष्प प्रसाद अधिकारीले आँखा दान सम्बन्धी जनचेतना मुलक जानकारी दिएका थिए ।
अभिमुखिकरण उद्धघाटन समारोह मेचि आँखा अस्पतालका मेडिकल डाइरक्टर डा. पुरुषोत्तम जोशिको प्रमुख आतिथ्य तथा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. जोशी, अध्यक्ष गुरुङ, कन्काई नगरका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगाल लगायतले मनतब्य राखेका थिए ।
कार्यक्रममा बिर्तामोड शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, स्वास्थ्य शाखा प्रमुख दिपक सापकोटा , शिक्षा अधिकृत मित्रलाल काफ्ले लगायतको आतिथ्यता रहेको थियो ।