बिर्तामोड,

दशैँको बिदामा समेत झापा जिल्ला अदालत खुल्ने भएको छ ।

मंगलबार एक सूचना जारी गर्दै झापा जिल्ला अदालतले  असोज १७ देखी ३० गते सम्म अदालत बन्द रहने समयमा बिहान ११ बजे देखि दिनको ३ बजेसम्म अदालत खुल्ला रहने जनाइएको छ ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाइ गर्न र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पुर्जी जारी गर्ने कार्यका लागि अदालत खुल्ला रहने अदालत प्रशासनले जनाएको छ ।

सामान्यतः अन्य सरकारी कार्यालय दशैँका अवसरमा ६ दिन दशैँ बिदा दिने गरे पनि देशभरका अदालतहरू भने १५ दिन बिदा दिने गरिएको छ ।