बिर्तामोड । दुर्गा प्रसाईको समर्थकले आगजनी गरेको भारतीय ट्रक चालकको उपचारको क्रममा मृत्यु भएको छ । 

प्रसाईले सन्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका समर्थकले आगजनी गरेको  ट्रक चालक भारत इस्लामपुर बस्ने बर्ष ४० का पोदा रायको उपचारको क्रममा निधन भएको हो ।

प्रसाईलाई विद्युतीय कारोबार ऐन अन्तर्गत प्रहरीले पक्राउ गरेको विरोधमा  समर्थकहरुले असोज ७ गते  बिर्तामोड ६ स्थित  गिरीबन्धु टी स्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरेका थिए ।

सुनसरीको दुहबीबाट काँकडभिट्टातर्फ जाँदै गरेको खाली ट्रकलाई ५र६ जनाको समूहले आगजनी गर्ने क्रममा चालक रायको दाहिने हातको पाखुरा र ढाड जलेर सख्त घाइते भएका थिए ।

Messenger_creation_70485449-03C8-418F-AE47-E082146BC62B

उनको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेजमा उपचारको क्रममा आज आइतबार निधन भएको प्रहरीले जनाएको छ ।

रायको शव नेपाल ल्याइसकिएको र प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टको क्रममा रहेको प्रहरीले जनाएको छ । 

आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग अभियोगमा प्रहरीले महाअभियान अन्तर्गतको नागरिक प्रतिरक्षा बल पीडीएफका

सल्लाहकार हल्दिबारी–१ बस्ने ५१ बर्षीय विरबहादुर गुरुङ, जिल्ला संयोजक हल्दिबारी–१ स्थाई घर भई हाल बिर्तामोड–५ बस्दै आएका ४० वर्षीय भिम तुम्बापो लिम्बु, सहसचिव बिर्तामोड–७ बस्ने ३३ वर्षीय सुरेश

चौधरीलाई, कोषाध्यक्ष अर्जुनधारा–९ बस्ने ३८ बर्षीय रुद्र भुजेल, जिल्ला सदस्यहरु हल्दिबारी–१ बस्ने २४ बर्षीय विवस लिम्बु, बुद्धशान्ति–४ बस्ने १९ बर्षीय बलिहाङ माबो लिम्बु र बिर्तामोड–३ बस्ने ३५ बर्षीय उदय लिम्बुलाई पक्राउ गरेको छ ।

सो घटनामा संलग्न भएको अभियोगमा प्रहरीले अन्य ५ जनालाई पक्राउ गर्न अनुमति लिइसकेको जनाएको छ ।