भद्रपुर । राष्ट्रिय युवा संघ भद्रपुर नगर कमिटीले दशैंमा एक विपन्न परिवारलाई उपहार स्वरुप घर निर्माण गरेर हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बीच घर हस्तान्तरण गरिएको हो ।

IMG-20241008-WA0001

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघका केन्द्रीय सचिव युवा नेता पर्वतराज भण्डारीले भद्रपुर वडा नं। ५ स्थित शान्ति टोलमा वृद्धा निमु राजवंशीलाई घर हस्तान्तरण गरेका हुन् । राजवंशीलाई सम्मान गर्दै रिवन काटेर प्रमुख अतिथि भण्डारीले घरमा प्रवेश गराएका छन् ।

44096dfe-9014-400e-9011-b00625f32869-1536x1152

दयनीय अवस्थामा जीवन बिताइरहेकी राजवंशीलाई राष्ट्रिय युवा संघ भद्रपुरले व्यवस्थित पक्का घर निर्माण गरेर हस्तान्तरण गरेको हो । सो अवसरमा प्रमुख अतिथि भण्डारीले भद्रपुर नगर कमिटीको रचनात्मक क्रियाशिलकताप्रति सम्मान व्यक्त गरेका छन् । उनले समस्यामा रहेका रहेक परिवारसम्म राष्ट्रिय युवा संघ पुग्ने र केही न केही योगदान गर्ने बताए । नेता भण्डारीले काम गर्ने युवाहरुलाई अहिले पनि विभिन्न खाले अवरोधहरु आउने गरेको भन्दै त्यस तर्फ सचेत हुन आग्रह गरेका छन् ।

IMG-20241007-WA0018


भद्रपुर नगर कमिटी अध्यक्ष दिपक बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य बसन्त बाँनिया, झापा जिल्ला कमिटी उपसचिव असारु राजवंशी, राष्ट्रिय युवा संघ झापाका इञ्चार्ज राज आङ्देम्बे, प्रदेश कमिटीका नेता बासु वन लगायतले शुभकामना मन्तव्य दिदैं भद्रपुर नगर कमिटी गरिव, विपन्न परिवारको लागि भरोसा बन्दै गएको बताएका थिए । अधिकांश वक्ताहरुले युवाहरुको रचनात्मक क्रियाकलाले सामाजिक रुपमा ठुलो योगदान पुगेका बताएका छन् ।

IMG-20241007-WA0001


सामान्य फुस्को घरमा कष्टकर जीवन विताइरहेकी राजवंशीको दुःखमा भद्रपुर नगर कमिटीले गरेको सहयोगको सबैले प्रशंसा गरेका थिए । घर प्राप्त गर्ने राजवंशीले राष्ट्रिय युवा संघलाई धन्यवाद व्यक्त गरेकी छन् ।

IMG-20241007-WA0003

यसअघि पनि भद्रपुर नगर कमिटीले एउटा घर हस्तान्तरण गरिसकेको छ भने अर्को घर पनि निर्माणको चरणमा रहेको बताइएको छ । कचनकवल गाउँ कमिटीले पनि विपन्न एक परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरिसकेको छ ।

उक्त कार्यक्रममा अध्यक्ष दिपक बुढाथोकीले घर निर्माणमा सहयोग गर्ने सबै मनकारीहरुप्रति आभार प्रकट गरेका छन् ।