लक्ष्मीपुर
छठ युवा फ्रन्ट बिर्तामोडको अगुवाइमा लक्ष्मीपुरदेखि बिरिङ खोलासम्म सडक सरसफाई गरिएको छ । छठ पूजाको अवसरमा युवा फ्रन्टले आज बुधबार बिहान लक्ष्मीपुर बजारदेखि पूजास्थल बिरिङ खोलासम्म सरसफाइ गरेको हो ।
सरसफाइ कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्था, अभियन्ताहरुको सहभागिता रहेको थियो । बिरिङ खेलामा हुने छठ पूजालाई भब्य र सभ्य बनाउन सरसफाई गरिएको फ्रन्टका अध्यक्ष अमरजीत रौनियारले जानकारी दिए ।
‘छठ पर्वका बेला घरआँगन, खोला तथा जलाशय सफा गरिन्छ’, उनले भने, ‘भक्तजन र व्रतालुलाई लक्षित गरेर सडक सफा गरेका हौं ।’
सरसफाई कार्यक्रमको उद्घाटन कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवालले गरेका थिए । कार्यक्रममा बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेल, नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौला, श्री छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष रामेश्वर द्विवेदी, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मेघराज बाँस्तोला, वीरता जेसीज बिर्तामोडका अध्यक्ष विकास बस्नेत, इलाका प्रहरी कार्यालय घैलाडुब्बाका इञ्चार्ज खुदु मुर्मु, युवा नागरिक समाज झापाका अध्यक्ष केशव भण्डारी, युवा नागरिक समाज अर्जुनधाराका अध्यक्ष सुजन शिवाकोटी , गणेश दास, शंकर शर्मा, दिपचन शाह, बिजय शाह, अभिषेक सर्फ, चन्दन सोनार, संजय शाह सहित युवा फ्रन्ट लगायतको सहभागिता रहेको पुर्व अध्यक्ष दिपक शाहले जानकारी दिए ।
सरसफाई कार्यक्रममा छठ समाज सेवा समिति बिर्तामोडको पुर्व अध्यक्ष प्रेमचन्द्र चौधरी, शत्रुघन चौधरी, सल्लाहकार मनोज चौधरी, रामनारायण चौधरी, लेखा संयोजक अन्नतलाल चौधरी, शत्रुघन रौनियार, मनोज जैसवाल, शंकर भगत, बिजय ठाकुर लगायतको पनि सहभागिता रहेको थियो ।