झापा 

झापाको बिरिङ खोलामा भव्यताका साथ छठ पर्व मनाइएको छ । श्रद्धालु भक्तजनहरुले हिजो बेलुकाको र आज बिहान अघ्र्य दिएका छन् । 

श्री छठ समाज सेवा समिति बिर्तामोडको आयोजनामा यहाँ छठ पर्व भब्य तबरले मनाइएको हो ।  हिजो सांझ खोलामा आयोजित औपचारिक कार्यक्रमममा प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी तथा ऊर्जा मन्त्री एकराज कार्कीले पछिल्लो समय छठ पर्व समावेशी हुँदै गएको बताए । उनले चाडको विशेषताका बारेमा चर्चा गरे ।  

श्री छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष रामेश्वर द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मेघराज बाँस्तोलाले शुभकामना मन्तव्य राखेका थिए । 

pic argha

कार्यक्रममा कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेल, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, नेपाल अलैंची महासंघका अध्यक्ष निर्मल भट्टराई, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने , झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत लगायतको आतिथ्य रहेको थियो ।

छठ पूजाकै अवसरमा आज राति विभिन्न झाँकीसहित सांस्कृतिक कार्यक्रम गरिएको छ । खोला करिब चार सय पूजा घाट निर्माण गरिएको छ । पूजामा हजारौं भक्तजनको सहभागिता रहेको छ ।