बनियानी :  झापाको कचनकवल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ ।

करिब डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा यहाँको कामकाज प्रभावित भएको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताए । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र सुमन गत भदौ २४ गते सरुवा भएर गएपछि भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा पुण्यप्रसाद पौडेल हाजिर भएका थिए । उनको समेत गत कात्तिक ९ गते सरुवा भएर गएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ ।

गाउँपालिकाले आह्वान गर्नुपर्ने बोलपत्रदेखि प्रशासनिक काम पनि गर्न गाह्रो भएको उनले बताए ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृतको माग गरे पनि हालसम्म नआएको उनको भनाई छ ।