झापा : जन्म दिन मनाउने सबैको आ– आफ्नै तरिका हुन्छ । कसैले जन्म दिनको अवसरमा फजुल खर्च गर्दै मनोरञ्जन गर्छन् भने कसैले दिन दुखीको सेवा गर्छन् ।
तर, बिर्तामोडका व्यवसायी दिवाकर लाल चौधरीले भने आफ्नो जन्म दिनको अबसर पारेर सामजिक हितकारी कार्य गरेका छन् । उनले बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको व्यवसायीक राहत कोषका लागि २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
व्यवसायीलाई आपत बिपत परेको खण्डमा मलमपट्टी लगाउने उद्देश्यले संघले सहयोग गर्ने भन्दै एक करोड रुपैयाँको कोष खडा गर्ने गरी ‘राहत कोष’ स्थापना गरेको छ ।
सोही कोषका लागि चौधरीले संघका अध्यक्ष राजु न्यौपानेलाई रकम हस्तान्तरण गरे । सो अवसरमा ब्यवसायी चौधरीलाई संघका पदाधिकारी तथा कार्य समिति सदस्यहरुले जन्मदिनको शुभकामना व्यक्त गर्दै कदपत्र समेत प्रदान गरेको संघका महासचिव कुशल खतिवडाले जानकारी दिए ।