बिर्तामोड : झापाको बिर्तामोडमा आजबाट १० दिने निःशुल्क ‘वरिस्टा ट्रेनिङ’ सुरु भएको छ । ‘वारिस्टा ट्रेनिङ’ अर्थात कफी बनाउने तालिम होटल एसोसिएसन नेपाल कोशी प्रदेशको आयोजना तथा होटल व्यवसायी संघ झापाको सहकार्यमा  तालिम सुरु भएको हो ।  

प्रमुख अतिथि बिर्तामोड नगरपालिका ५ का वडा अध्यक्ष रोहित प्रसाईंले तालिमको ब्यानर वाचन गरेर उद्घाटन गरेका छन् । 

 स्वीच सरकारको आर्थिक सहयोगमा सुरु भएको तालिममा २० जना युवा युवती सहभागी छन् ।  कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष प्रसाईले पछिल्लो समय बिर्तामोडमा मात्रै धेरैवटा कफी सपहरु खुल्ने क्रम बढेको बताए  । उनले कफीका पारखीहरु  पछिल्लो समय बढ्दै गएको बताउँदै वारिष्टा तालिमले धेरै युवा बर्गालाई फाइदा पुग्ने बताए । 

उनले यस्ता प्रकारका तालिमले फाइदा पुग्ने बताउँदै ध्यानपूर्वक तालिम  लिन सहभागीलाई आग्रह गरे । 


pic hotel 2 त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि होटल व्यवसायी संघ झापाको अध्यक्ष इन्दिरा श्रेष्ठले आर्थिक अभावकै कारणले गर्दा इच्छाशक्ति भएर पनि बारिस्टा तालिम लिन वञ्चित भइरहेका युवा वर्गलाई लक्षित गरेर यो कार्यक्रम ल्याइएको बताइन ।  

उनले पछिल्लो समय कफी खानेको ट्रेन्ड बढ्दै गएको बताइन् त्यस्तै उनले कफी शप खोल्ने क्रम बढेको बताउंदै बारिस्टा तालिम लिएकाहरुलाई स्वदेशमा तथा विदेशमा पनि  रोजगारीको अभाव नहुने बताइन । उनले  १० दिनसम्मको तालिममा ध्यानपूर्वक सिक्न सहभागीलाई आग्रह गरिन्।

 तालिम समय अवधि नबस्ने तथा तालिममा अनुपस्थित हुनेहरुलाई प्रमाणपत्र वितरण नगरिने जानकारी दिइन ।  

त्यस्तै कार्यक्रममा द  रिजेन्सी हस्पीटालिटीका मेनेजिङ डाइरेक्टर रोहित ओझाले पनि तालिम एकदमै राम्रो भएको कारणले गर्दा सहभागीलाई इच्छाशक्ति का साथ सिक्न आग्रह गरे । 

कार्यक्रममा निरज श्रेष्ठ पुनम श्रेष्ठ राजेश सुवेदी लगायतका प्रशिक्षकले सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नेछन् । 

 तालिमको औचित्य बारे प्रकाश पार्दै होटल एसोसिएसन नेपाल कोशी प्रदेशका सदस्य ख्यामप्रसाद ओलीले पनि सहभागीलाई तालिम एकदमै लाभदायक र फलदायी भएको बताउँदै ध्यानपूर्वक सिक्न आग्रह गरे। उनले आगामी दिनमा पनि यस्ता किसिमका तालिमहरु आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे

कार्यक्रमको सञ्चालन होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलले गरेका थिए । 

 होटल व्यवसायी संघ झापाले पछिल्लो समय व्यवसायीहरूको हक हितमा काम गर्दै आएको छ । साथै होटल व्यवसायसँग सम्बन्धित सरोकार राख्ने निकायहरुसँग छलफल अन्तरक्रिया सहित उनीहरूको व्यवसाय प्रवर्धनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।