झापा : झापाको बिर्तामोड ५ मा भब्य गायत्री माताको मन्दिर निर्माण गरिएको छ ।  बिर्तामोड स्थित अग्रसेन भवन परिसरमा करीब अढाई करोड रुपैयाँको लागतमा मन्दिर निमार्ण भएको हो । 

स्थानीय दानबीर  परिवारहरु, बिर्तामोड नगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको गायत्री मन्दिर सेवा समिति तथा कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिए । 

आज मन्दिर परिसमा आयोजित पत्रकार सम्मेलनमा जनाइए अनुसार मन्दिर २०८० साल जेठ १७ गतेबाट निर्माण प्रारम्भ भएको थियो ।

मन्दिर निर्माण सम्पन्नसंगै बिर्तामोड नगरपालिकामा नै पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको संयोजक बंशलले जानकारी दिए । 

 मन्दिर उद्घाटनसंगै गायत्री माताको आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने छ ।  माताको प्राण प्रतिष्ठा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने छन् ।  माताको प्राण प्रतिष्ठा गर्नु अघि मन्दिर परिसरबाट निकालिएको शोभा यात्राले बिर्तामोड नगर परिक्रमा गर्ने वंशलको भनाई छ । 

गायत्री माताको मन्दिर निर्माण सम्पन्न भएसंगै माघ १७ गते प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गर्ने र माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको कार्यक्रम संयोजक वंशल बताउंछन् । 

माघ १७ गतेदेखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद बितरण गरिने कार्यक्रम तय भएको र दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहने बताइएको छ ।  भजन कीर्तनका लागि कृष्ण भण्डारी,आयुष शर्मा,साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने गायत्री मन्दिर सेवा समितिका सदस्य विवेक अग्रवालले जानकारी दिए ।  

बैदिक सनातन र हिन्दू धर्म अन्तर्गत गायत्री मताको महत्वपूर्ण स्थान छ । गायत्री मातालाई जननी मानिन्छ । गायत्री मातालाई बेद माता पनि भन्ने गरिन्छ । माता पार्वती, माता सरस्वती, माता लक्ष्मीको अवतारको रुपमा समेत गायत्री मातालाई लिने गरिन्छ ।