बिर्तामोड  : बिर्तामोड १ स्थित मनकामना सेकेन्डरी स्कुलले २६ औं बार्षिकोत्सव  विविध कार्यक्रम गरी मनाएको छ ।  मनकामनाले आज (सोमवार) बिद्यालय परिसरमा बार्षिक उत्सवको अवसरमा बिभिन्न सांस्कृतिक प्रस्तुती समेत राखिएको थियो ।  

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा निजि तथा आवशीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाका अध्यक्ष छत्रबहादुर कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।  

स्वागत बिद्यालयका कक्षा युकेजीका नानीहरु सोनिया लिम्बु र सम्पदा चम्लागाईले गरेको उद्घघाटन कार्यक्रमको सञ्चालन शिक्षिका आयुशा दाहालले गरेकी थिइन् । 

नसंरीदेखि कक्षा १० सम्मका बिद्यार्थीहरुले नृत्य, गायन, नाटक, कराँते लगायतका बिभिन्न प्रस्तुती राखेका थिए ।  बिद्यालयको शैक्षिक गतिविधि शैक्षिक संयोजक शारदाप्रसाद थपलियाले सहभागिलाई जानकारी गराएका थिए । 

कार्यक्रममा बिद्यालयका प्रिन्सिपल केशव ढुङ्गाना, मनकामनाका क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, क्याम्पसका सञ्चालक कुमार थपलिया, भेषराज चम्लागाई, राम बुढाथोकी, लालीगुँरास स्कुलका संस्थापक उत्तम कटुवाललगायतको आतिथ्य रहेको थियो । 

सोही कार्यक्रमकाबिच  पूर्व बिद्यार्थीहरु कन्चन गुप्ता, पूजा गुप्ता, अजय थपलिया, बिस्टीना नेपाल, साधना गिरी, सिद्धान्त थपलिया र सविन अधिकारीलाई सम्मान गरिएको थियो । 

 बर्ष उत्कृष्ट शिक्षकका रुपमा शिक्षिका आयुशा दाहाल, कर्मचारीमा चालक प्रताप पुरी र चित्रबहादुर भारतीले विद्यालयले सम्मान गरेको हो । 

विद्यालयले उत्कृष्ट अभिभावक पूर्णबहादुर पुरी र उनकी धर्मपत्नि, तोपलाल राजवंशी र उनकी धर्मपत्निलाई सम्मान गरेको छ ।