सन्तोष न्यौपाने÷झापा
झापा लागु औषधको हट स्पट बन्दै गएको छ । दैनिक पक्राउ पर्ने कारोबारी तथा सेवनकर्ताको सङ्ख्या र लागु औषधको परिणामले यसलाई पुष्टि गरेको हो ।

लागु औषध नियन्त्रणकालागि जनचेतना अभिबृद्धि, छलफल, अन्तरक्रिया सहित बभिन्न कार्यक्रम गर्दै नियन्त्रणमा प्रहरी संमयन्त्र परिचालन गरिएको प्रहरीले दाबी गरे पनि लागु औषधको जालो बढ्दो अवस्थामा छ ।
झापाका प्रमुख जिल्ला अधिकारी पनि खुला सीमाका कारण लागु औषध न्युनिकरणमा चुनौती रहेको स्विकार गर्छन ।

_1736908732.jpg)
खुला सीमाका कारण लागु औषध नियन्त्रण प्रहरीका लागि चुनौती बन्दै गएको प्रहरी अधिकारीको तर्क छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८१ ÷८२ को माघ महिना सम्म १ सय ८१ वटा लागु औषधका मुद्दा र २ सय ६० जना कारोवारी र सेवनकर्ता पक्राउ परेका छन् । जसमा अधिकांश टिनेजर उमेरका आबद्ध रहेको प्रहरी निरीक्षक निमित्त प्रबक्ता बिजय चौहान बताउंछन् ।
जिल्ला प्रहरी कार्यालयका विभिन्न युनिट अन्तर्गत पक्राउ परेकाका विरुद्धमा आव २०७८÷७९ मा दुई सय मुद्दा, आव २०७९÷८० मा दुई सय छ मुद्दा, आव २०८०÷८१ मा दुई सय ९७ मुद्दा गरी तीन वर्षमा सात सय तीन मुद्दा दर्ता भएका थिए । भारतसँगको खुला सिमानाका कारण कडाइ गर्दा पनि प्रत्येक वर्ष लागूपदार्थ दुव्र्यसनी र कारोबारीको सङ्ख्या बढ्दै गएको प्रहरी अधिकारीको भनाई छ ।

बिशेष गरी दमक, कांकरभिट्टा, भद्रपुर , बिर्तामोड सहित जनघनत्व बढी भएका शहर बजारमा लागु औषध डरलाग्दो रुपमा फैलिएको छ ।
गत आर्थिक वर्ष २०८०÷८१ मा मात्रै प्रहरीले चार सय २९ पुरुष र ३३ महिला गरी चार सय ६२ जनालाई लागू औषधको सेवन तथा कारोबार गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो
प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷७९ मा तीन सय सात र आर्थिक वर्ष २०७९÷८० मा तीन सय ३६ मानिस झापामा लागू औषधको अवैध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ परेका छन् । ।