झापा
झापाको काँकरभिट्टाबाट लागू औषध सहित एकजना व्यक्ति पक्राउ परेका छन ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको टोलीले आज दिउँसो ३।४० बजे मेचीनगर –६ स्थित मेची पुल पुलबाट लागू औषध सहित पाँचथर कुम्मायक गाउँपालिका –३ बस्ने २९ वर्षीय अइन्द्रविक्रम खड्का लाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरीको तालिम प्राप्त जोजो नामको कुकुरको सहयोगमा भारतवाट नेपाल तर्फ मे ९ प ३४६३ नं।को मोटरसाइक मोटरसाइकलमा आउँदै गरेका खड्कालाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट २७ ग्राम १३ मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

_1736908732.jpg)
खड्काले मोटरसाइकलको ट्यांकीमा लुकाई छिपाई लागू औषध ल्याएका थिए ।
लागूऔषध, मोटरसाइकल र खड्कालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कार्बाहीको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।
