जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेललाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटरी सुनसरीले
कोशी प्रदेशबाट चैत महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ।

प्रहरी निरीक्षक पौडेलले आफ्नो जिम्मेवारीलाई पूर्ण निष्ठा र दक्षतासाथ निभाउँदै झापा जिल्लामा संघसंस्था सहित सरोकारवाला निकायहरूसँग समन्वय सहकार्य र हातेमालो गर्दै ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै चैत महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै सम्मान प्रदान गरिएको जनाएको छ।
विभागिय मुल्य(मान्यता, आदेश(निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गर्दै बढ्दो सवारी दुर्घटना

_1736908732.jpg)
न्यूनीकरणका लागि झापा जिल्लाभरि चल्ने र झापा जिल्ला भई चल्ने सवारी साधनका चालक तथा परिचालकहरूको स्वास्थ्य परीक्षण , आँखा रक्तचाप र लागू पदार्थ सेवन चेकजाँच कार्यक्रम सञ्चालन गरेको, सवारी चेक जाँच तर्फ कडाईका साथ चेकजाँच गरी अधिक मात्रामा ट्राफिक
नियम तीव्र गति , लापसे मोबाइल फोन प्रयोग , सिड बेल्ट प्रयोग नगर्ने , जथाभावी ओभरटेकन गर्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याएको , ट्राफिक नियम सम्बन्धी जानकारी प्रदान गर्न विद्यार्थी र नयाँ चालकहरुलाई कक्षा सञ्चालन गर्नुका साथै माइकिङ मार्फत सुरक्षित

सडक प्रयोग सम्बन्धमा आम नागरिकहरुमा जन चेतना मुलक कार्यक्रम लगायतका कार्य हरू गरेको भन्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले पौडेललाई चैत महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरेको एसपी विनोद घिमिरेद्वारा हस्ताक्षरित प्रशंसा पत्रमा उल्लेख गरिएको छ