काठमाडौं । पोखरा थण्डर्सले नेपाल सुपर लिग एनएसएल २०२५ को फाइनल यात्रा तय गरेको छ ।

दशरथ रंगशालामा बुधबार सम्पन्न क्वालिफायर–टु मा साविक उपविजेता धनगढी एफसीलाई १–० ले हराउँदै पोखराले ऐतिहासिक रूपमा पहिलो पटक फाइनल प्रवेश गरेको हो ।

खेलको निर्णायक गोल इन्जुरी समयमा स्टेफेन समिर विनोङले गरेका थिए । उनको गोलले पोखरालाई उपाधि नजिक पुर्यार्एको हो ।

अब उपाधिका लागि पोखरा थण्डर्सले शनिबार साविक विजेता ललितपुर सिटी एफसीसँग भिड्नेछ । पोखराको फाइनल यात्रा क्लबको इतिहासमै ठूलो उपलब्धि मानिएको छ।