प्रेस चौतारी झापा शाखाले अग्रजलाई सुनौं कार्यक्रम को थालनी गरेको छ । आज चौतारीको बिर्तामोड कार्यालयमा अग्रजलाई सुनौं कार्यक्रमको शुरुवात गरेको हो ।
अग्रज पत्रकारहरुका अनुभव र संघर्षलाई पछिल्लो पुस्ताका सञ्चारकर्मीहरूलाई जानकारी सहित अवगत गराउने र सुन्ने उदेश्यले प्रेस चौतारी झापाले अग्रजलाई सुनौँ भन्ने कार्यक्रमको सुरुवात गरेको प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियारले जानकारी दिए।

आजको अग्रजलाई सुनौँ कार्यक्रममा शिरो सान्दाई खतिवडालाई आमन्त्रण गरिएको थियो।
अग्रज पत्रकार तथा सञ्चारकर्मी शिरो सान्दाई खतिवडाले पत्रकारिता क्षेत्रमा भोगेका आफ्ना अनुभवलाई पत्रकारहरु माझ प्रस्तुत गरेका थिए । उनले आफू प्रध्यापक भएर भन्दा पनि एउटा पत्रकारकै परिचयले धेरैले चिन्ने गरेको सुनाए ।

_1736908732.jpg)
शिरो सान्दाईले आफुलाई पत्रकार महासंघको निर्वाचन ताका मात्र खोजिने गरेको बताउँदै अन्य कार्यक्रममा खवरसमेत नहुने दुखेसो गरे । उनले आफुले सक्रिय रुपमा पत्रकारिता नगरे पनि धेरै अगाडीदेखि सञ्चारक्षेत्रमा जोडिएको बताए ।
उनले कञ्चनजङ्गा एफएम मार्फत समवेदना बाचकका रुपमा परिचित भएको र त्यसबाटै आफुलाई धेरैले चिन्ने गरेको बताएका छन् ।

शिरो सान्दाईले पत्रकारितासहित आफुले जीवनमा भोगेका अनुभव सञ्चारकर्मीहरुमा माझ प्रस्तुत गरेका थिए ।
यसै क्रममा उपस्थिति पत्रकारहरुले जिज्ञाशासमेत राखेका थिए । प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पौडेलले पारेका थिए ।
उनले झापाका अग्रज पत्रकारहरुसँग चौतारीले ‘अग्रजलाई सुनौं कार्यक्रम’ लाई निरन्तरता दिने बताए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शम्भू दाहाल, कोशीका सचिव लक्ष्मी उप्रेती, कोषाध्यक्ष बिशाल नेम्वाङ, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, अग्रज पत्रकार मोहनकाजी न्यौपाने, प्रेस चौतारी उपचार कोषकी संयोजक भीमा शिवाकोटी, प्रेस चौतारीका झापा इन्चार्ज मनकुमार गदाललगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रेस चौतारीका झापा सचिव युवराज आचार्यले गरेका थिए ।