बिर्तामोड

मेची आँखा अस्पताल संघको अध्यक्षमा पुनः जलकुमार गुरुङ  चयन भएका छन् ।  दोस्रो कार्यकालका लागि अस्पतालको अध्यक्षमा आज सम्पन्न  साधारणसभाबाट गुरुङ चयन भएका हुन् । त्यस्तै सचिव वाहेक अधिकांश पदमा अघिल्लो कार्यकालकै पदाधिकारी दोहोरिएको जनाइएको छ । सचिवमा सुरज खत्री चयन भएका छन् ।

समितिको उपाध्यक्षमा सुरेश वंशल, र कोषाध्यक्षमा मञ्जु सिटौला पोखरेल दोहोरिएका छन् । सदस्यहरुमा छत्र अधिकारी, दिनेश मित्तल, भरतलाल गिरी, भीम गुरुङ, चण्डीराज पराजुली, डक्टर गोपाल पोखरेल र गणेश पोखरेल चयन भएका छन् । साधारणसभाले अध्यक्ष गुरुङको प्रतिवेदन र लेखा प्रतिवेदन पारित गरेको छ । अध्यक्ष गुरुङले अस्पतालको हालसम्म विस्तार गरिएको सेवा र भावी कार्यक्रमबारे जानकारी गराएका थिए ।

तीन वर्षअघि पहिलोपटक अध्यक्ष भएपछि गुरुङले अस्पतालमा नेत्र चिकित्सा तथा प्रविधिसम्बन्धी अध्ययनको तयारी गरेका छन् ।

अध्ययनका लागि नेसनल एकेडेमी अफ मेडिकल साइन्स नाम्स सँग सम्झौता भइसकेको छ । 

त्यस्तै, रोटरी क्लबसँगको सहकार्यमा मोबाइल ओपथाल्मिक भ्यान सञ्चालनको तयारी सुरु गरिएको छ । आँखा अस्पतालमा हुनुपर्ने सम्पूर्ण उपकरणसहितको सो भ्यानले आँखा शिविर तथा बिरामी भएकै ठाउँमा पुगेर उपचारमा सघाउने गुरुङले बताए ।

अस्पतालले कोर्निया तथा रिफ्राक्टिभ सर्जरी, मायोपिया क्लिनिक, रेटिना, अकुलोप्लास्टी, अर्थोअप्टिक जस्ता सेवाहरूको लागि अत्याधुनिक उपकरणहरू जडान गरेको छ ।

image-12-1024x854

अस्पतालमा लेजर अप्रेसनको सुरुवात गरिएको छ । लेजर अप्रेसन गरेका आँखाका बिरामीले चश्माको प्रयोग गरिरहनु पर्दैन ।

अध्यक्षको रुपमा गुरुङ आएपछि अस्पतालमा व्यापक सुधारका कामहरु भइरहेका छन् । बिर्तामोड ३ स्थित सैनिकमोडमा रहेको सरेको डेढ दशक बितिसक्दा पनि अस्पतालले वातावरणीय प्रभाव मूल्यांकन गर्न सकेको थिएन ।

तर, स्पष्ट दृष्टिकोण, प्रस्ट योजना र काम गर्ने इच्छाशक्ति भएकै कारण गुरुङले वातावरणीय प्रभाव मूल्यांकनको काम सकेका छन् । गुरुङ अध्यक्ष भएर गरेको पहिलो निर्णय थियो, अस्पतालमा नाला बनाउने । पानीको निकास नहुँदा अस्पतालमा पानी जम्थ्यो ।

दोस्रो निर्णय थियो, पर्किङ ।

हाल अस्पतालमा अन्तर्राष्ट्रियस्तरको सवारी साधन पार्किङ छ । झापाको एक मात्र साइकल पार्किङ छ । निकट भविष्यमा बहुतले पार्किङ बनाउने गुरुङले योजना सुनाए ।

बिरामीको सुविधाको लागि अस्पतालमा दुईवटा लिफ्ट सञ्चालनमा आएका छन् । आकर्षक पार्क बनिसकेको छ । सुन्दर झार र फूलले गर्दा बिरामीले आनन्द लिने गरेका छन् ।

अस्पतालको अग्रभागमा मास लाइट जडान गरिएको छ भने बुद्धको आकर्षक प्रतिमा स्थापना र अस्पतालको प्रवेशद्वार नजिकै रहेको आइल्यान्डमा अभिभावकलाई सन्तानले डोहो¥याउँदै गरेको दुईवटा प्रतिमा स्थापना गरिएको छ ।

बिरामी र कुरुवाका लागि बस्ने ठाउँ, चिकित्सक र कर्मचारीका लागि स्तरीय तथा आकर्षक खेलमैदान तथा थप आवासगृह, उपचार तथा जाँच कक्षहरु थप, बनियानी र भद्रपुरमा आफ्नै भवनसहितको आँखा अस्पतालको सञ्चालनको अन्तिम तयारी लगायतका काम गुरुङ अध्यक्ष भएर आएपछि भएका काम हुन् ।

चार बिघा क्षेत्रफलमा रहेको अस्पतालमा व्यापक सुधार आउनुको कारण गुरुङ अनुभवी भएर नै हो । व्यवस्थापकीय जिम्मेवारीमा उनी निपुण भएकै कारण परिवर्तन आएको हो ।

मेची आँखा अस्पताल सामुदायिक अस्पताल भएकाले रकम अभावमा उपचारबाट कोही पनि बञ्चित हुनु नपर्ने उनको भनाइ छ ।