बिर्तामोड :  झापाको बुद्धशान्तिमा ट्र्याक्टरको सहचालकको घटनास्थलमै मृत्यु भएको छ । भित्री सडक खण्डमा ट्र्याक्टर पल्टिएर ट्रयाक्टरका सहचालक बुद्धशान्ति–१ भोटेटार बस्ने २४ वर्षीय प्रेम गुरुङको ज्यान गएको हो । 

बुद्धशान्ति–१ भोटेटारस्थित भित्री सडकखण्डमा बिरिङ खोलाबाट भोटेटार गाउँतर्फ जाँदै गरेको प्रदेश १–०१–००२ त ८३३ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिँदा गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

गम्भीर घाइते गुरुङलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा बिहान ११ः५५ बजे अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

ट्र्याक्टर चालक सोही ठाउँ बस्ने ३४ वर्षीय गणेश गुरुङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।