विर्तामोडस्थित महानन्द चोकमा रहेको बिग ब्रदर व्याडमिन्टन हलले बालबालिकालाई लक्षित गरी विभिन्न इन्डोर खेलकुद गतिविधि सञ्चालन गर्ने जनाएको छ ।
आज पत्रकार सम्मेलन गर्दै हल सञ्चालकहरूले सो कबड हलमा अब व्याडमिन्टनसँगै टेबल टेनिस, चेस, डार्ट, सुटिङ जस्ता खेलहरू सुरु गर्न लागिएको जनाका हुन् । उनीहरुले दक्ष प्रशिक्षकको प्रत्यक्ष निगरानीमा सबै खेलहरू सञ्चालन गरिने जानकारी दिएका छन् ।

हलमा लामो समयसम्म खेल अभ्यास गर्ने प्रशिक्षार्थीहरूको लागि पानी, विश्राम स्थान र हल्का खानाको पनि व्यवस्था रेको जनाएको छ । बढ्दो लागू औषध दुर्व्यसन तथा मोबाइलको अत्यधिक प्रयोगले बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको अवस्थामा यस्तो इन्डोर खेलकुद गतिविधिले सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको झापा जिल्ला टेबल टेनिस संघका अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए ।
स्थानीय व्यवसायी उमेश बोहराले एक कट्ठा क्षेत्रफलमा करिब ५० लाख लगानीमा ब्याडमिन्टन हल सञ्चालनमा ल्याएका हुन् ।

_1736908732.jpg)
हलको औपचारिक उद्घाटन भने शनिबार बिहान गरिने आज हलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।