झापा

भारतको कश्मिरमा आतंकवादी आक्रमणमा मारिएका सुदिप न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्दै झापाको बिर्तामोड स्थित मुक्तिचोकमा आज सांझ दीप प्रज्वलन गरिएको छ ।

रोट्रयाक्ट क्लव अफ बिर्तामोड र रोट्रयाक्ट क्लब बिर्तामोड मिडटाउनको संयुक्त आयोजनामा आज सांझ मुक्तिचोमा दीप प्रज्वलन गरिएको हो । रोट्रयाट क्लव अफ बिर्तामोडका अध्यक्ष प्रज्वल बिमलीको नेतृत्वको टिमले  आतंकवादी हमलामा परी भारतको कश्मिरमा ज्यान गुमाएका बुटवलका न्यौपानेको मृत्युको बिरोध जनाएको हो । 

लोकतन्त्र दिवसको अवसर पारेर ‘जस्टिस फर सुदिप , आतंककारीको कुनै धर्म हुँदैन , आतंककारी मुर्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन समेत गरिएको थियो ।