काठमाण्डौ – महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । आउँदो मे मा थाइल्यान्डमा हुने आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटका लागि इन्दु वर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा भएको हो ।

नेपाल क्रिकेट सङ्घ ९क्यान०ले सार्वजनिक गरेको अन्तिम टोलीमा पुजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो ।

मे ७ देखि २१ तारिखसम्म हुने एशिया छनोटमा नेपालसहित ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछ । ग्लोबल क्वालिफायरमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष चार टोली अर्को वर्ष जुन–जुलाईमा इङ्ग्लयाण्डमा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् । ujyaloonline.com