दानाबारी इलामको माई नगरपालिका वडा नम्बर ४ सिङ्जालीटारमा एकजना महिलाको हत्या भएको छ । शुक्रबार साँझ स्थानीय ५२ वर्षीया भूमिका चापागाईंको हत्या भएको हो ।

कार्कीटार बस्दै आएका शान्तिराम दुलालले खुकुरी प्रहार गरी चापागाईको हत्या गरेको प्रहरीले जनाएको छ । दुलाल चापागाईंका ज्वाईं हुन् ।

पारिवारिक कलहका बीच उनीहरूबीच आरोप प्रत्यारोप चल्दै आएको थियो । चापागाईले दुलाल विरुद्ध मुद्दा समेत दायर गरेकी थिइन् ।

घटनापछि दुलाल पक्राउ परेका छन् ।