सुरुङ्गा ।
साहित्य चौतारी बिर्तामोड झापा नेपालले कनकाई–३ स्थित सुरुङ्गाको कनकाई माध्यमिक बिद्यालयलाई अक्षयकोषका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रदान गरेको छ ।

चौतारीले ‘हर्क–लोक स्मृति प्रतिभा पुरस्कार स्थापनाका लागि आज ९शनिवार० बिद्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबिच अक्षयको रकम हस्तान्तरण गरेको हो ।

_1736908732.jpg)
स्व। हर्कबहादुर प्रधान तथा लोकबहादुर पौडेलको स्मृतिमा साहित्य चौतारी हर्क–लोक स्मृति प्रतिभा पुरस्कारको लागि कनकाई माविलाई अक्षयकोष हस्तान्तरण गरिएको थियो ।
अक्षयकोषकी संस्थापक तथा संरक्षक मुनादेवी श्रेष्ठ, बेनुकुमारी श्रेष्ठ पौडेल, साहित्य चौतारीका संस्थापक संरक्षक तथा बर्तमान अध्यक्ष देवीभक्त श्रेष्ठसहित चौतारीका पदाधिकारी तथा सदस्यहरुले ५ लाख

५५ हजार ५५५ रुपैयाँ बराबरको चेक प्रधानाध्यापक कर्णकहादुर डाँगी र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईलाई हस्तान्तरण गरेका छन् ।
साहित्य चौतारीका संस्थापक संरक्षक तथा बर्तमान अध्यक्ष श्रेष्ठले लोक र हर्क आफ्ना भेनाजु र ज्वाई मात्र नभएर आफ्नो ब्यवसायिक क्षेत्रका गुरु र सहयोगी भएकाले उनीहरुको नाम जीवन्त राख्ने उदेश्यले अक्षयकोष स्थापना गरी बिद्यालयलाई हस्तान्तरण गरेको बताए ।
कनकाई माविका बिद्यालय ब्यवस्थापना समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई प्रतिभा प्रतिष्ठान सुरुङ्गाका अध्यक्ष जीवनाथ सुवेदीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक डाँगीले स्वागत गर्दै बिद्यालयले एक करोडको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरेको र हालसम्म १३ बढी संघसंस्था तथा ब्यक्तिले बिभिन्न अक्षयकोष स्थापना गरेर करिव २३ लाख रुपैयाँको पुर्याएको बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि सुवेदी, चाहित्य चौतारीका अध्यक्ष देबीभक्त श्रेष्ठ, कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाई, बिद्यालयका सल्लाहकार संयोजक जर्नादन उप्रेती, शनिश्चरे क्याम्पसका प्रमुख मोहनप्रसाद ओली, अक्षयकोषकी संरक्षक मुनादेवी श्रेष्ठलगायतले आ–आफ्नो भनाई राखेका थिए ।
कार्यक्रमको सञ्चालन बिद्यालयका सहायक प्रधानाध्यापक तीर्थराज खरेलले गरेका थिए ।
साहित्य चौतारीको प्रायोजक तथा आयोजनामा भएको अक्षयकोष स्थापना कार्यक्रममा लोकगायक तथा साहित्य चौतारीका सल्लाहकार अनिरुद्र ओली, कनकाई–३ का वडासदस्य गोविन्द सुवेदी, साहित्य चौतारीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रमकाबिच साहित्य चौतारीकी सदस्य मिना अधिकारीले कविता बाचन गरेकी थिइन् भने साहित्य चौतारीका अध्यक्ष श्रेष्ठसहित पदाधिकारी तथा सदस्यले स्वागत गीत प्रस्तुत गरेका थिए ।