झापाको काँकरभिट्टाबाट लागू औषध सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको टोलीले हिजो राति मेचीनगर १५ घर भई हाल मेचीनगर ६ बस्ने ३० वर्षीय अविनाश ढकाललाई लागू औषध सहित पक्राउ गरेको हो।

शङ्का लागि चेकजाँच गर्ने क्रममा उनलाई प्रदेश एक ०१ ०२ ह२३६७ नम्बरको सिटी सफारीमा आउने क्रममा मेची पुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट प्रहरीले १।३७ मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ।
सशस्त्र प्रहरी बलको लागूसत नियन्त्रणका लागि खटिएको विशेष कुकुरसहितको टोलीले उनलाई पक्राउ गरेको हो। पछिल्लो समय कुकुरको सहायता बाट पनि मानिस पक्राउ पर्नेको संख्या बढिरहेको छ