काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार जनपद समूहतर्फका ६३ एसपीको सरुवा गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीको पनि सरुवा भएको छ।
उनको अपराध अनुसन्धान शाखा काठमाडौमा सरुवा भएको हो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड सम्हाल्नका लागि जिल्ला प्रहरी कार्यालय चितवनबाट राजन लिम्बू आउने भएका छन् ।
गत माघ १२ गते मात्र लिम्बू कर्णाली प्रदेश प्रहरी कार्यालय विरेन्द्रनगरबाट चितवन आएका थिए ।
लिम्बूको चाहना र कार्यक्षमता एवम् उच्च राजनीतिक नेतृत्वको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला सरुवा भएका हुन् ।
लिम्बूले प्रहरी नायव उपरीक्षक हुँदा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको कमाण्ड सम्हालेका थिए ।