सशस्त्र प्रहरीले झापाको भद्रपुरबाट लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ।

आज दिउँसो ११:३० बजेको समयमा झापा जिल्लाको भद्रपुर नगरपालिका ४ स्थित डागीबारी सिमा इलाका बाट प्रस्तावित सीमा सुरक्षा भद्रपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो।

प्रहरीले शंका लागि चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ९ प ९८४७ नम्बरको बाइकमा सवार पांचथर जिल्लाको पौवासारताप पालिका ३ बस्ने २४ को  सन्तबहादुर लामा र बाइकको पछाडि बस्ने २२

वर्षीय मिलन परियार लाई पक्राउ गरेको हो। उनीहरूको साथबाट प्लास्टिक सहित ३ ग्राम खैरो लिसाइलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै उनीहरूको साथबाट नाइट्राजाप नौ थान बरामद गरेको जनाएको छ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि भद्रपुर वडा प्रहरी कार्यालय बुझाइएको प्रहरीले जनाएको छ  । यस अघि पनि सशस्त्र प्रहरीको सक्रियतामा भद्रपुर सिमानाकाबाट लागू औसतसहित मानिसहरू पक्राउ परेका थिए।