बिर्तामोड ।
झापाको बिर्तामोडमा राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुने भएको छ आज बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत आयोजकले उभौली पर्व प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताु गर्न लागिएको जानकारी दिएको हो।

प्रतियोगिता आगामी जेठ २ देखि ४ गतेसम्म बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
बालबालिकाहरुलाई कुलतबाट बचाउन र दिमागको विकास गर्न प्रतियोगिताको आयोजना गरिएको आयोजक बिर्तामोड चेस क्लबका अध्यक्ष नारायण राईले जानकारी दिए ।

_1736908732.jpg)
किरात याक्थुङ चुम्लुङ बिर्तामोडको सहआयोजनामा हुन लागेको प्रतियोगितामा १५० बढी राष्ट्रीय खेलाडीहरू सहभागी हुने चेस क्लबका खेल डाइरेक्टर ज्वाला इम्बुङले बताए ।
सहआयोजक संस्थाका अध्यक्ष हिमालय कन्दङ्वाका अनुसार प्रतियोगितामा प्रथम हुनेले पुरस्कार ५१ हजार, दोश्रो ३५ हजार, तेस्रो २५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा विधागत र भूगोलको आधारमासमेत पुरस्कार दिइने छ । कार्यक्रममा ९ लाख ६१ हजार पाँच सय रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक ले जनाएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपानेलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम प्रेस संयोजक विजय बरालले सञ्चालन गरेका थिए ।