बिर्तामोड
झापाको चारआलीमा आज बुधबार साँझ सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाए अनुसार दुर्घटनामा परी  झापाको अर्जुनधारा-१० का ६८ वर्षीय टङ्कप्रसाद बराल बरालको ज्यान गएको हो।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडबाट चारआली जाँदै गरेको ना ३ ख २३५३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको मे ८ प ६४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

ठक्करबाट बरालको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ  ।
घटनापछि ट्रक चालक पाँचथर फिदिम नगरपालिका-११ का ३८ वर्षीय ठालुप्रसाद एक्तेनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जनाइएको छ ।