बिर्तामोड :
जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले यो वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान झापाका दुईजना व्यक्तिलाई प्रदान गर्ने भएको छ।
पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान मेचीनगरका याम भण्डारी र भद्रपुरका दिव्य भुर्तेललाई संयुक्त रुपमा प्रदान गर्न गर्न लागिएको प्रतिष्ठानका सभापति गोपालकुमार बस्नेतले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले आफ्ना पिता टुङ्गबहादुर बस्नेतको इच्छाअनुसार पूर्ण टुङ्ग अक्षयकोषमार्फत एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित पूर्ण-टुङ्ग आर्दश नागरिक सम्मान समर्पण गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम तत्कालीन राजा महेन्द्रलाई प्रदान गरेको विरोधमा आवाज उठाउँदा जेल परेका उनीहरुलाई यस वर्षको सम्मान प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष बस्नेतको भनाइ छ।
पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम २०२८ सालमा तत्कालीन युवराज वीरेन्द्र वीर विक्रम शाहमार्फत २५ लाख रुपैयाँ महेन्द्रलाई पठाइएको थियो ।

सो क्रममा भण्डारी र भुर्तेलले विरोध जनाउँदा उनीहरुलाई पक्राउ गर्दै चरम यातनासहित जेल चलान गरिएको थियो ।
उनीहरुको सहासिक कदमको उच्च सम्मान गर्दै यही बैशाख २० गते एक समारोहका उनीहरूलाई सम्मान गरिने जनाइएको छ।
प्रतिष्ठानका सभापति बस्नेतको अध्यक्षतामा गत बुधबार बसेको बैठकले समाज रुपान्तरणका पक्षमा उल्लेख्य योगदान पु¥याएको भन्दै यो वर्षको सम्मान भण्डारी र भुर्तेललाई प्रदान गर्ने निर्णय गरेको थियो ।
प्रतिष्ठानले विगत तीन दशकदेखि समाज परिर्वतनमा उत्कृष्ट योगदान दिने व्यक्तित्वहरुलाई विभिन्न विधामा सम्मान गर्दै आएको छ ।
गत वर्ष आदर्श नागरिक सम्मानद्वारा नेपाली हास्य जगतका उत्कृष्ट साधक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।
बिर्तामोडस्थित ग्रिन फिल्ड वर्ल्ड स्कुलको सभाहलमा गरिने कार्यक्रमको प्रमुख अतिथिमा पूर्वमन्त्री महेश आचार्यलाई आमन्त्रण गरिएको जनाइएको छ।

_1736908732.jpg)
पत्रकार सम्मेलनमा सामाजिक व्यक्तित्व राजकुमार पोखरेल लक्ष्मण ढकाल बिर्ता जेसिस बिर्तामोडका अध्यक्ष युवराज कुँवर नेपाल रेड क्रस सोसाइटी बिर्तामोड उपशाखाका निवर्तमान सभापति सजेस शिवाकोटी लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन्।
