झापा 

युनिकम नेपाललको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । व्यापार क्षेत्रमा क्रियाशील श्रमिकहरूको संगठन युनिकम नेपाल झापा शाखाको आयोजनामा आज बिर्तामोड स्थित दुर्गा मन्दिरमा रक्तदान कार्यक्रम गरिको हो । 

१३६ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आज बढ्दो रगतको अभावलाई परिपूर्ती गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको हो । इलाम झापा मैत्री समाजको सह आयोजना र नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रमको प्रमुख अतिथि युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्र बहादुर पौडेल रहेका थिए । 

प्रमुख अतिथि पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिख आज सबै मजदुर श्रमिकलाई अनिवार्य बिदा दिन युनिकमले वाणिज्य संघ मार्फत सम्बद्ध सबै पक्षसँग माग गरिएको भए पनि त्यसको कार्यन्वयन नभएको दुःखेसो गरे । 

नेपाल सरकारले मे १ का दिन सार्वजनिक विदा दिँदै आए तापनि नीजि केही व्यापारिक प्रतिष्ठान , फर्म र व्यवसायीहरुले मजदुर र कर्मचारीलाई यो सुविधाबाट बन्चित गर्दै आएको प्रति आफुहरु दुःखित भएको पौडेलको भनाई थियो । 

युनिकम नेपाल झापाकी अध्यक्ष अर्पणा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य टिकाराम दवाडीले गरेका थिए । इलाम झापा मैत्री समाजका उपाध्यक्ष नरेश कर्मचार्य लगायतले शुभकामना मनतब्य राखेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव बिमल कट्टेलले गरेका थिए । 

१३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस “पसिनाको पैसाले हाँस्न पुगोस” भन्ने मूल नारालाई आत्मसात गरी रक्तदान कार्यक्रम गरेको  युनिकमकी अर्गनाइजर अनिषा बिष्टले बताइन ।