झापा । चितवनबाट झापा दमकतर्फ आउँदै गरेको स्कारपियो गाडी आज साँझ दुर्घटना हुँदा दमक नगरपालिकाका एक अधिकृत माधव बस्नेतको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक कमल बजगाईँका अनुसार दुर्घटनामा दमक वडा नं. ३ निवासी ५५ वर्षीय बस्नेतको मृत्यु भएको हो । उनी नगरपालिकाका कानून अधिकृत हुन् ।

मे १ च ३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई सडक किनाराको फलामको ट्रस्ट बेरियरमा ठोक्किएको थियो ।
वडा नम्बर १० का अध्यक्ष राजेन्द्र भण्डारी, ६ का वडा सदस्य कमल श्रेष्ठ, नगरपालिकाकै सवारी चालक ३८ वर्षीय देवेन्द्र तामाङ, १ निवासी ४५ वर्षीय ज्ञानेन्द्र गौतम, २ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह १ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् ।

_1736908732.jpg)
उनीहरूको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको छ ।
(नेपाल प्रेसबाट)
