झापा 

झापाको विर्तामोडमा आयोजित दुई दिने मिनी आर्ट मेला  सम्पन्न भएको छ । ईशा बुक्स विर्तामोडको आयोजनामा आयोजित मेला शुक्रबार सकिएको हो । 

कला, सिर्जनशीलता र बाल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले दुई दिने मिनी आर्ट मेला  आयोजना गरिएको ईशा बुक्स का सञ्चालक  केशव मैनालीले जानकारी दिए । 

कला क्षेत्रको प्रवद्धन र नयाँ प्रतिभाहरु पहिचान गर्ने उदेश्यले यस  आयोजना गरिएको मेलामा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 


दि देही आर्ट काँकरभिट्टाको प्रविधिक सहयोग गरेको थियो । मेलामा बालबालिकाद्वारा बनाइएका चित्रकला, हस्तकला, रंगकर्म तथा विभिन्न सिर्जनात्मक प्रस्तुतीहरू प्रदर्शनमा राखिएका थिए । 

जसमा चित्र बनाउने, रंग भर्ने जस्ता विधाहरू समावेश थिए । मिनी आर्ट मेलामा करिब २०० जना विद्यार्थीहरुले सहभागिता जनाएको आयोजकले जनाएको छ । 

मेलामा विभिन्न विद्यालयका विद्यार्थीहरूले चित्रकला र हस्तकला सम्बन्धी आफ्ना उत्कृष्ट कृति प्रदर्शन गरेका थिए । सहभागि विद्यार्थीहरुलाई पेन्टिङ गर्न दि देहि आट्र्स काँकडभिट्टाका प्रिन्सिपल छितेन शेर्पाले सिकाएका थिए ।