बिर्तामोड ।

पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मानबाट झापाका प्रजातान्त्रिक आन्दोलनका दुई जना योद्धा सम्मानीनत भएका छन् । पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानको आयोजनामा उनीहरुलाई सम्मान गरिएको हो ।
आदर्श नागरिक सम्मान २०८१ बाट झापाको मेचीनगरका याम भण्डारी र भद्रपुरका दिव्यरत्न भुर्तेल सम्मानीत भएका छन् ।

_1736908732.jpg)
दम्पति याम र सन्ध्या भण्डारी, दिव्यरत्न र सुभद्रा भुर्तेलाई संयुक्त रुपमा सम्मान गरिएको थियो ।
मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम तत्कालीन राजा महेन्द्रलाई प्रदान गरेको विरोधमा आवाज उठाउँदा जेल परेका दुई व्यक्तिलाई पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान प्रदान गरिएको हो ।

पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम २०२८ सालमा तत्कालीन युवराज बीरेन्द्र बीरबिक्रम शाहमार्फत २५ लाख रुपैयाँ महेन्द्रलाई पठाइएको थियो ।
सो क्रममा याम भण्डारी (मेचीनगर) र दिव्यरत्न भुर्तेल (भद्रपुर) ले विरोध जनाउँदा उनीहरुलाई पक्राउ गर्दै चरम यातनासहित जेल चलान गरिएको थियो ।
उनीहरुको सहासिक कदमको उच्च सम्मान गर्दै जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख एक हजार रुपैयाँ पुरस्कार राशिको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान प्रदान गरिएको प्रतिष्ठानका सभापति गोपालकुमार वस्नेतले जानकारी दिए ।
प्रतिष्ठानका सभापति वस्नेतको अध्यक्षतामा आज (शनिवार) बिर्तामोडमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री महेश आचार्यसहित पूर्ण–टुङ्ग अक्षय कोषका सदस्य र कार्यसमितिले संयुक्त रुपमा सम्मान गरेका थिए । याम
समाज रुपान्तरणका पक्षमा उल्लेख्य योगदान पु¥याएको भन्दै यो वर्षको सम्मान भुर्तेल र भण्डारीलाई प्रदान गरिएको बताइएको छ ।
स्वागत तथा संस्थाको परिचय प्रतिष्ठानका उपाध्यक्ष राजकुमार पोखरेलले गराएको कार्यक्रममा सम्मानीत ब्यक्तित्व परिचय प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले प्रकाश पारेका थिए ।
कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, बिर्तामोड नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, संविधान सभा सदस्य सुधिर शिवाकोटीलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सह–सचिव स्वस्तिका आचार्य गरेकी थिइन् ।
प्रतिष्ठानले बिगत तीन दशकदेखि समाज परिर्वतनमा उत्कृष्ट योगदान दिने व्यक्तित्वहरुलाई विभिन्न विधामा सम्मान गर्दै आएको छ ।
गत वर्ष आदर्श नागरिक सम्मानद्वारा नेपाली हास्य जगतका उत्कृष्ट साधक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।