झापाको बिर्तामोडमा कार्यालय रहेको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाका तत्कालिन अध्यक्ष रेवती खनाल पक्राउ परेका छन् । बचत कर्ताको करोडौं रुपैंया रकम हिनामिना गरेर लामो समयदेखि फरार रहेका खनाललाई प्रहरीले धनगढीबाट पक्राउ गरेको हो ।
उनलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । सहकारीको रकम गठी गरेर फरार रहेका खनाललाई आइतबार जिल्ला अदालत झापामा बुझाउने तयारी भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए । खनालले दुई करोड ६ लाख रुपैंया भन्दा धेरै रकम अपचलन गरेको आरोप लागेको छ ।

रकम लिएर फरार भएका खनाल विरुद्ध सञ्चालक समितिले जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दर्ता गरेको थियो ।
करोडौं रकम हिनामिना गरेर सम्पर्क बिहिन भएका खनाललाई प्रहरी खोजी गरेपनि लामो समयदेखि पक्राउ गर्न सकेको थिएन् ।

_1736908732.jpg)
भद्रपुर –८ स्थायी घर भई बिर्तामोड बस्दै आएका खनाल सहकारीका रकम अपचलन गरेर सम्पर्कविहीन भएका थिए ।
प्रहरीले अनुसन्धान सकेको छ, यो पुरानो मुद्धा रहेछ– इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक श्रेष्ठले भने– ‘हामीले अब खनाललाई सहकारीको रकम अपचलन गरेको विषयमा आइतबार अदालत पेश गछौं, अदालतको आदेश के आउँछ सोही अनुसार काम गछौं ।’

Nepal press.com साभार