झापाको बिर्तामोड  ३ स्थित बिर्ता बजारमा  दिनदहाडै १९ लाख बराबरको धनमाल चोरी भएको छ ।

आज बिहान १० देखि ११ बजेको समयभित्रमा बिर्तामोड वडा नं। ३ पुण्डरी  टोलको पूर्वपट्टि बस्ने किरण दाहालको अढाई तले घरबाट नगद र गरगहना चोरी भएको हो । 

बीच तलाको कोठाको चाबी घरधनीले कोठा अगाडी जुत्तामा लुकाई राखेकोमा सोही चाबीले कोठाको ढोका खोली सुनको हार ३ थान, चन्द्रमा १ थान, औठी ६ थान, तिलहरी २ थान, कटर गेडी १ थान, नौगेडी २ थान,

पिँजडा १ थान, सिक्री १ थान गरी ९ तोला ६ आना बराबरको सुन र नगद ४० हजार गरी १९ लाख २ हजार ४०० रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

यसअघि बैशाख १५ गते दिनदहाडै ढोका फोरी बिर्तामोड नगरपालिका वडा न।४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरबाट २९ लाख बराबरको धनमाल चोरी भएको थियो ।