बिर्तामोड । प्रहरीले अवैध नदीजन्य पदार्थ उत्खनन्मा संलग्न दुई वटा स्काभेटर नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो आज अर्जुनधारा नगरपालिका वडा नम्बर ३ स्थित टाङ्टिङ खोलामा अवैध उत्खनन् गर्ने स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बुको संयुक्त अनुगमन टोलीले शुक्रबार दिउँसो अन्दाजी ३ : ३० बजे बा २ क ४६४७ नम्बरको एउटा र नम्बर नखुलेको एउटा गरी दुई वटा स्काभेटर नियन्त्रणमा लिएर कारबाहीका लागि अर्जुनधारा नगरपालिकालाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
