बिर्तामोड : नारी सञ्चार गृह झापाको आयोजनामा  पत्रकारितामा नयाँ प्रविधि विषयक दुई दिने तालिम सुरु भएको छ । 

सहारा नेपालको सभा हलमा बाट दुई दिने तालिम सुरु भएको हो । तालिमको एक कार्यक्रमका बीच कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले  उद्घाटन गरेकी छन्   ।

तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै   नगर प्रमुख प्रसाईले सत्य तथ्यको आधारमा सूचना प्रवाहमा जोड दिँदै नयाँ प्रविधिलाई सञ्चारकर्मीले आत्मसात गर्नु पर्ने धारणा राखेकी थिइन्  ।

IMG-20250510-WA0004

कार्यक्रमका विशेष अतिथि सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष महेन्द्रकुमार गिरीले पत्रकारको सीप तथा क्षमता विकासमा नारी सञ्चार गृहले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।  उनले नारी सञ्चार गृहको अक्षय कोषलाई एक लाख रुपैयाँ दिने घोषणा समेत गरेका छन्। 

कार्यक्रममा अक्षय कोषमा सहयोग गर्ने सहारा नेपाल र पत्रकार सुनिता मैनालीलाई सम्मान गरिएको थियो । भोलि आइतबारसम्म सञ्चालन हुने तालिममा सञ्चार विज्ञ भानुभक्त आचार्यले सहजीकरण गरिरहेका छन् ।उद्घाटन कार्यक्रम अध्यक्ष रेजिना रोदनको अध्यक्षतामा भएको भएको थियो ।

बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको नारी सञ्चार गृह झापाकी सदस्य दीपा सापकोटा पोखरेलले जानकारी दिइन् ।