झापाको   कन्काई स्थित सुरुङ्गामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ।

कनकाई २ सुकेडाँगीका कविराज हेमरमले श्रीमती पूजा हेमरममाथि खुकुरी प्रहार गरेका हुन्।

खुकुरी प्रहारबाट पूजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूबीच झगडा हुँदा श्रीमानले खुुकुरीले पूजाको घाँटीमा हानेको प्रहरीले जनाएको छ ।

३५ वर्षीय कविराजको खुकुरी प्रहारबाट ३४ वर्षीया पूजाको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो राति ११ः२० बजे कविराजले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए ।

श्रीमतीको हत्या गरेर भागेका कविराजलाई प्रहरीले सुरुंगा सडकबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रहरीले घटनास्थाल सुरक्षित राखेको, घटनास्थलबाट खुकुरी नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडबाट थप अनुसन्धान सुरु गरिएको र पूजाको लास पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ ।