बिर्तामोड ।
हावाहुरीका कारण झापाको बाह्रदर्शी –७ बत्तिसविगा क्षेत्रमा लगाइएको केरा खेतीमा ठुलो क्षति भएको छ ।

आज साँझ आएको हावा हुरीका कारण ठाउँमा ४० विगाभन्दा धेरै क्षेत्रफलमा लगाइएको केरा खेतीमा लाखौंको नोक्सानी भएको स्थानीयले बताएका छन ।
एक विगा बराबर ३ लाखदेखी ४ लाखसम्म क्षति हुने अनुमान स्थानीयको छ । ब्रिकिका लागि तयार हुँदै गरेको तथा पसाउने बेलाको चिनी चम्पा जातको केरा मा क्षती हुंदा किसान चिन्तीत छन्।

_1736908732.jpg)