बिर्तामोड । 

वैदेशिक रोजगार व्यवसायी संघ झापाका नयाँ निर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।  आज ९सोमवार० बिर्तामोडमा  आयोजित कार्यक्रमका बीच उनीहरूले शपथ ग्रहण गरेका हुन् ।

निर्वाचन समिति संयोजक गोपाल लामिछानेले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए । यसैगरी निर्वाचनमा प्रयोग गरिएका सम्पूर्ण कागजात पनि नवनिर्वाचित समितिलाई निर्वाचन समितिले हस्तान्तरण गरेको थियो ।

निर्वाचन समिति संयोजक लामिछानेले नयाँ समितिलाई बधाई तथा शुभकामना दिएका थिए । यता कार्य समितिको तर्फबाट अध्यक्ष धनबहादुर पंधाकले निर्वाचन समितिका संयोजक लामिछानेसहित सदस्यहरु एकराज गिरी र अधिवक्ता खगेन्द्र खरेललाई कदरपत्रले सम्मान प्रदान  गरेका थिए । 

नयाँ समितिको तर्फबाट अध्यक्ष धनबहादुर पंधाकले प्रतिबद्धता मन्तब्य राखेका थिए 

उनले  व्यसायीहरुको हकहित र अधिकारको लागि एकजुट हुनु पर्ने बताउँदै संघलाई अझ मर्यादित सुरक्षित बनाउन लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

 पंधाकको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूलाई निवर्तमान उपाध्यक्ष अजयकुमार देवले स्वागत गरेका थिए भने निवर्तमान सचिव सीपी पाठक र निर्वाचित सचिव निरकुमार खत्रीले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए । 

संघको शनिबार निर्वाचन सम्पन्न भएको थियो । कार्यक्रममा संघका निवर्तमान उपाध्यक्ष कर्ण पौडेलले संघको हकहितका लागि सधै लागि पर्ने बताएका छन् । 

संघको प्रथम अधिवेशनले अध्यक्षमा धनबहादुर पंधाक सर्वसम्मत भएका थिए । त्यस्तै उपाध्यक्षमा प्रकाश राई र राजन सिलवाल निर्वाचित भएका थिए ।

त्यस्तै सचिव पदमा निरकुमार खत्री निर्वाचित भएका छन् । सहसचिव पदमा सरिता बराल यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन् । कोषाध्यक्षमा कृष्ण खतिवडा निर्वाचित भएका छन् ।

त्यस्तै सदस्य पदमा भने ओमप्रकाश भट्टराई, कृष्णमाया तामाङ कुसुम, टंक सिटौला, देवेन्द्रप्रसाद प्रसाईं, पुष्पराज प्रसाईं, प्रेम निरौला, राजेन्द्र पौडेल, लुमनकुमारी निरौला निर्वाचित भए ।

हितेष अग्रवाल र दुर्गादेवी सुब्बा लिम्बूको बराबर मत प्राप्त भएसँगै आधा–आधा कार्यकाल रहने गरी निर्णय भएको निर्वाचन समितिले जनाएको छ ।