अर्जुनधारा 

जुकेखाडी सामुदायिक वन उपभोक्ता समितिले वनका उपभोक्ताहरूलाई निःशुल्क मौरीको घार वितरण गरेको छ ।

झापाको अर्जुनधारा नगरपालिका–३स्थित जुकेखाडी सामुदायिक वनले पहिलोपटक मौरी प्रबद्र्धनको कार्यक्रम अन्तरगत उपभोक्तलाई आज बुधबार वन परिसरमा एक कार्यक्रमकाबिच  निःशुल्क मौरीको घार वितरण सुरु गरेको हो । 

मानव–वन्यजन्तुबीचको द्धन्दलाई न्यूनिकरण एवम् व्यवस्थापन गर्दै गरिबीन्यूनिकरण अन्र्तगतको आय मूलक कार्यक्रम मार्फत् उपभोक्ताहरुको आर्थिकस्तर उकास्ने उद्देश्यलेमौरी प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिएको समूहका अध्यक्ष मोहन श्रेष्ठको भनाई छ । 

समूहसँगै अर्जुनधारा नगरपालिका अन्र्तगत कृषि विकास शाखा र सामाजिक विकास शाखाको त्रिपक्षीय साझेदारीमा कार्यक्रमको लागि छनौट भएको ९० जना उपभोक्तालाई मौरीपालन सम्बन्धी आधारभूत तालिम सहित  मौरीसहितको एक थान घार र आवश्यक सामग्रीवितरण आज वितरण गरिएको वनका अध्यक्ष श्रेष्ठ बताउंछन् । 

तलिमका सहजकर्ता एवम् चुलाचुली गाँउपालिका कृषिविकास शाखा प्रमुख सुवास दाहालले सहजिकरण गरेको तालिम २–२ दिनका दरले जम्मा ६दिन सञ्चालन भएको थियो ।

pic ban

तलिममा समूह अन्र्तगत क्षेत्र नं. १बाट छनौट भएका ३० जना, क्षेत्र नं. २ र ३बाट छनौट भएका ३० जना  र क्षेत्र नं. ४ र ५बाट छनौट भएका ३० जना उपभोक्ता सहभागी भएको जनाइएको छ । 

तालिमसँगै मौरीपालन सम्बन्धी स्थलगत अध्यन अवलोकन गरेका सहभागीहरुलाई घार वितरण गरिएको हो । 

कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले सहभागीहरुलाई उक्त सामग्रीहरु वितरण गरेकी थिइन् । उनले यो कार्यक्रमले मानव हात्ती द्धन्द न्युनिकरणमा केहि सहयोग मिल्ने विश्वास ब्यक्त गरिन । 

सहभागीहरुलाई तालिम, मौरीसहितको घार र सामग्रीवितरण गरिएको मौरी प्रबद्र्धन कार्यक्रमले कृषकहरुको आर्थिक जीवनस्तरसँगै , विषादीन्यूनिकरणमा पनि सहयोग पुग्ने अर्जुनधारा नगरेको कृषिविकास शाखा प्रमुख एञ्जिला बेडारीले विश्वास ब्यक्त गरिन । 

गत आर्थिक वर्ष २०८०÷०८१ म अर्जुनधारा नगरपालिका–२ बाट सुरु भएको यस कार्यक्रम मार्फत् कृषकहरु प्रत्यक्ष लाभान्वित हुने उनको भनाई छ । 

pic 568

प्रशिक्षक दाहालले मौरीपालन सम्बन्धी सहभागि घार पाउने उपभोक्तालाई जानकारी समेत दिएकी थिइन । त्यस्तै कार्यक्रममा कनकाई सब डिभिजन वन कार्यालय सुरुङ्गाका साहयक वन अधिकृत सुरेशकुमार खनालले पनि सामुदायिक वनले नगरसंग साझेदारीमा गरेको यो कार्यक्रमले उपभोक्तालाई लाभ मिल्ने र हात्ती प्रभावित सो क्षेत्रमा केहि हद सम्म हात्तीको बद्मासी रोक्नमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । 

कार्यक्रममाअर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, शाखाकी प्रमुख बेडारी लगायतले आफ्नो धारणा राखेका थिए । 

समूहका अध्यक्ष श्रेष्ठले कार्यक्रमको औचित्य, उपाध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिनाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव उर्मिला कटुवालले गरेकी थिइन् ।

मौरीको घार निशुल्क पाउंदा उपभोक्ता पनि दंग परेका छन् । उनीहरुले सामुदायिक वनले राम्रो कार्यको थालनी गरेको भन्द्यै खुसी ब्यक्त गरे ।