बिर्तामोड ।  

झापाको गौरादहका कृषक बिभिन्न माग राखेर आन्दोलित भएका छन् । गौरादहको जोरपल उच्च कृषक समुहमा आवद्ध  कृषक आन्दोलित भएका हुन् । 

समुहका अध्यक्ष इन्द्र पोखरेलको नेतृत्वमा आन्दोलित कृषकले कृषि  उत्पादनको सरकारले तोकेको मुल्य पाउनुपर्ने, आवश्यक मल, बिउ, औषधी समयमा पाउनुपर्ने, ट्रयाक्टर जोताई दर रेट कम हुनु पर्ने र कृषि सिँचाई महशुल पुरै छुट हुनु पर्ने  लयातका माग राख्दै  १ घन्टा सडकमा चक्काजाम गरेका थिए । 

गौरादह ८ चन्दन चोकमा कृषकहरु  हलो ,जुवा, कोदालो, सहित बिभिन्न माग सहितका प्लेकार्ड सहित  भेला भएर एक घण्टा चक्काजाम गरेका थिए । 

समुहका अध्यक्ष पोखरेलले मन्तब्य राख्दै माग सम्बोधन गर्न सरकार समक्ष आग्रह गरेका छन् । चक्काजाम एक घण्टा पश्चात अन्त्य भएको थियो ।