झापा : भेलागुडीलाई  धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्धेश्यसहित झापाको बिर्तामोड– ८ स्थित देउनिया खोलामा बिश्रान्ती घाट निर्माण शुरु गरिएको छ । कोशी प्रदेश सरकारका खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीले आज एक कार्यक्रमका बीच बिश्रान्ती घाटको शिलान्यास गरेका छन् ।

डीपीआर तयार  गरी करिव दुई करोड रुपैयाँको लागतमा  विश्रान्ती घाट , स्नान घर , मलामी घर ,  बगैचालगायतका संरचनासहित धार्मिक एवं पर्यटकीय स्थल निर्माण गरिने बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले बताए । 

उनले प्रदेश सरकार ,स्थानीय सरकार र विभिन्न दाताहरुको सहयोगमा  बिर्तामोड ८ स्थित  भेलागुडी  जंगललाई  पूर्वकै  धार्मिक  एवं पर्यटकीय गन्तव्य निर्माण गरिने जानकारी दिए ।  

   विश्रान्ती घाटको शिलान्यास गर्दै मन्त्री कार्कीले  डीपीआर तयार गरी व्यवस्थित घाट  निर्माण गरिनुपर्नेमा जोड दिँदै  प्रदेश सरकारबाट  सक्दो सहयोग गर्ने आश्वासन दिए ।  उनले प्रदेश  सरकारको बजेट बैंकमा  सो योजना  पार्ने  बताउँदै  योजनालाई क्रमागत रुपमा बजेट पारेर भएपनि पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाए । कार्यक्रममा  हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले  पनि नीति नियमले मिलेसम्म आफ्नो  पालिकाका तर्फबाट सहयोग गर्ने  आश्वासन दिए । 

शिलान्यास कार्यक्रममै  वडाध्यक्ष अजय कार्की र उनका श्रीमती  कल्पना कार्कीले  घाट निर्माणका लागि १लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै  मेची आँखा अस्पतालका अध्यक्ष  जलकुमार गुरुङले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।  उनले धार्मिक एवं पर्यटकीय स्थललाई साकार पार्न  सफल योजनाकारको जरुरी भएको  बताए ।

विश्रान्ती घाट निर्माण समितिका अध्यक्ष शम्शेरबहादुर विष्टको अध्यक्षतामा  भएको  शिलान्यास कार्यक्रममा  प्रमुख अतिथि मन्त्री कार्की , विशिष्ट अतिथिहरु  हल्दिवारी अध्यक्ष लिङ्देन , मेची आँखा अस्पतालका अध्यक्ष गुरुङ,  समाजसेवी वेदप्रकाश अग्रवाल , पुराण आयोजक समितिका अध्यक्ष बाबुराम  पराजुलीलगायतले बोलेका थिए ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका  उपमेयर राधा कार्की ,  भद्रपुर  ७ का वडाध्यक्ष अभिशेख ढुंगाना , बिर्तामोड ८ का वडा सदस्यहरु इन्दिरा पाण्डे , सोयालाल राजवंशी , लक्ष्मी नेपाली , समाजसेवी हरि पाण्डे , रणबहादुर मगरलगायतको उपस्थिति रहेको थियो । 

विश्रान्ती घाट  निर्माण समितिका उपाध्यक्षमा देवराज उप्रेतीले स्वागत गरेको कार्यक्रमको संचालन  सचिव मदनकुमार अधिकारीले गरेका थिए ।  विश्रान्ती घाट  निर्माणकै लागि गत बैशाख ६ देखि बैशाख १३ गतेसम्म पुराण सञ्चालन गरिएको थियो । जसबाट   १७ लाखभन्दा बढी रकम संकलन भएको थियो । पुराणबाट  खर्च कटाएर ९ लाख ६९ हजार ८५८ रुपैयाँ बचत भएको  थियो ।  विश्रान्ती घाट  निर्माण गर्न केही  दिनअघि शम्शेरबहादुर विष्टको अध्यक्षतामा  निर्माण समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा देवराज उप्रेती , सचिव मदनकुमार अधिकारी , सहसचिव भुपाल अधिकारी र कोषाध्यक्ष कल्पना बराल रहेका छन् । त्यस्तै सदस्यहरुमा हेमराज भट्टराई , सीता पाण्डे प्रसाई , विनोद खरेल , सूर्यबहादुर विष्ट , केशव घिमिरे , गजेन्द्र शेर्पा , कमल मगर (डेनी सञ्चार) , कालिप्रसाद राजवंशी , बद्री प्याकुरेल र इन्द्रसिंह राजवंशी रहेका छन् । त्यस्तै डम्बरप्रसाद तिम्सिनाको संयोजकत्वमा सल्लाहकार समिति पनि निर्माण गरिएको छ ।

जसको सदस्यहरुमा हरि पाण्डे , हरिप्रसाद गौतम , पुण्य लम्साल , बाबुराम पराजुली , गोविन्द पाठक , एकराज विष्ट , नवराज खतिवडा , शान्तिराम निरौला ,मनोज दाहाल , फुनिनाथ दुलाल ,गुणराज भण्डारी ,अनिल गौतम ,कुमार दर्नाल , सोयालाल राजवंशी ,रुद्र बराल र प्रेमप्रसाद गौतम रहेका छन् ।