बिर्तामोड ः अभिनेता राजेश हमालको कमब्याक फिल्म ’नरसिंहाः अवतार’ गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा छ । हमालको ८ वर्षपछिको कमब्याक फिल्म भएकाले पनि यो फिल्मलाई घोषणादेखि नै चासोका साथ हेरिएको थियो ।
आज सोमबार अभिनेता राजेश हमाल, राज कटुवाल, अभिनेत्री सनिशा भट्टराईसहित फिल्मको टिम दर्शकसँग साक्षात्कार गर्न झापाको बिर्तामोडको क्युएफ एक्समा आइपुगेका थिए।

हमाल बिर्तामोडको क्यु एफ एक्स हलमा आइ पुग्दा दर्शकले ताली र सिठ्ठीसहित स्वागत गरेका थिए । त्यहाँ राजेशसँग भेट्न र तस्बिर खिच्न दर्शकबीच तछाडमछाड नै चलेको थियो ।
हलमा सञ्चारकर्मीसँगको कुराकानीमा राजेशले चलचित्र राम्रो बनेको हो । लामो वर्षपछि सिंगल स्क्रिनका दर्शकमाझ पुग्न पाउँदा पुराना दिन ताजा भएको बताएका थिए ।

_1736908732.jpg)
हलमा पुगेका अन्य कलाकारहरूसँग पनि फोटो खिचाउन दर्शक उत्साहित देखिन्थे । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको ’नरसिंहाः अवतार’ मा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ । प्रेम, परिवार र बदलाको कथामा रहेर एक्सन जनरामा यो फिल्म बनेको हो ।