बिर्तामोड : झापाको कनकाई नगरपालिकामा अनलाइन सट्टाबाजी अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका आमाछोरीमध्ये आमालाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।
झापाको कनकाई ८ लक्ष्मीपुरबाट पक्राउ परेका आमाछोरीका बारेमा प्रहरीले गहन अनुसन्धान पनि सुरु गरेको छ । चार दिनको अनुसन्धान पूरा भएपछि आमा इन्दिरा प्रसाईंलाई छाडिएको हो ।

छोरी सिमरन प्रसाईंमाथि अदालतसँग थप म्याद मागेर हिरासतमै राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिए ।
आमा ४१ वर्षीया इन्दिरा र उनकी छोरी २१ वर्षीया सिमरन गत मंगलबार राति लक्ष्मीपुरस्थित घरबाटै पक्राउ परेका थिए ।

_1736908732.jpg)
आमाछोरीले अनलाइन जुवाको कनेक्सन गराइदिने काम गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उनीहरुमार्फत धेरैले अनलाइन जुवा खेलेको खुल्न आएको हो ।
अमेरिकाबाट सञ्चालन भइरहेको अनलाइन जुवाको एजेन्टको रुपमा उनीहरुले काम गर्दै आएको प्रहरीले जनाएको छ ।
