झापा ,   बिर्तामोड उद्योग वाणिज्य संघकी  सह कोषाध्यक्ष तिलोत्तमा खत्रीले जन्म दिनको अवसर पारेर बिर्तामोड उद्योग वाणिज्य संघ लाई २१ हजार रुपैया प्रदान गरेकी छिन् ।

संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’का लागि उनले  २१ हजार रुपैयाँ प्रदान गरेकी हुन ।  संघले एक करोड रुपैयाको अक्षयकोष स्थापना गरेको छ । सो कोषमा हालसम्म २० लाख रुपैया संकलन भएको छ ।

झापा– इलाम मैत्री संघकी अध्यक्ष समेत रहेकी  उनले संघका अध्यक्ष राजु न्यौपाने र कोषका संयोजक राजकुमार  घिमेरे ‘राजु’ लाई सो  रकम प्रदान गरेकी थिईन् । कार्यक्रममा  व्यवसायी तथा तिलोत्तमाका श्रीमान प्रमोद कार्की , महिला उद्यमी राधिका  चुडाल हुँमागाई , झापा–  इलाम मैत्री संघका  उपाध्यक्ष नरेश कर्मचार्य, बितामोड नगर अध्यक्ष  अञ्जु लामिछाने  लगायतको आतिथ्यता रहेको थियो ।  

यसैवीच संघले कोष वृद्धिका लागि सहयोग पु¥याएको भन्दै कदरपत्र द्वारा  सखी दम्पत्तीलाई सम्मान गरेको छ । समारोहमा संघका उपाध्यक्ष  विशाल थापा  , जीवन खड्का , महिला उद्यमी समूहकी  अध्यक्ष  राधिका हँुमागाई लगायतले जन्म दिनको अवसरमा शुभकामना राखेका थिए ।

बिर्तामोड उद्योग वाािण्ज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघले एक वर्ष अघि कोष स्थापना गरेको र सो कोषमा आफूले समेत रकम जम्मा गर्न पाउँदा खुशी लागेको सह कोषाध्यक्ष खत्रीको भनाई छ ।

त्यसो त बिर्तामोडका व्यवसायीले आफ्नो जन्म दिन सहित विभिन्न अवसर पारेर कोषमा रकम प्रदान गर्दै आएका छन् ।