बिर्तामोड,
रोटरी क्लब अफ बिर्तामोडले १५ औं स्थापना दिवसमा रक्तदान तथा वृक्षारोपण कार्यक्रम गरेको छ।

आज बिर्तामोड ३ स्थित वीर्ता बजारमा रहेको दुर्गा मन्दिरको प्राङ्गणमा क्लबका पूर्व अध्यक्ष विनोद बस्नेतको स्मृतिमा रक्तदान तथा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।

_1736908732.jpg)
कार्यक्रममा चारजना महिलासहित ५२ जनाले रक्तदान गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रम को प्रमुख अतिथिमा संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी रहेका थिए।

उनले सामाजिक क्षेत्रमा सदैव अग्रणी भूमिकामा रहँदै आएका विनोद बस्नेतको निधनले सिंगो झापा लाई क्षति पुगेको बताए उनले विनोद बस्नेतले सामाजिक क्षेत्रमा गरेको योगदानलाई कहिले पनि बिर्सिन नसक्ने बताए कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं। ३ का वडाध्यक्ष मदन बुढाथोकीको विशेष आतिथ्यता रहेको थियो ।
मानवीय सेवाको उच्च भावनाको सम्मान गर्दै रक्तदान तथा वृक्षारोपण कार्यक्रम गरिएको रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ ले जानकारी दिए ।
रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शैलेन्द्र कुरुङवाङले गरेका थिए भने स्वागतसहित कार्यक्रमको औचित्यमाथि अध्यक्ष अग्रवालले प्रकाश पारेका थिए ।
रोट्रयाक क्लब अफ बिर्तामोडलगायत विभिन्न संघ संस्थाको समन्वय तथा दुर्गा मन्दिर व्यवस्थापन समिति बिर्ताबजारको सहकार्यमा सञ्चालित रक्तदान कार्यक्रमको संयोजन सजेश शिवाकोटीले गरेका थिए । दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव माझीले धन्यवाद ज्ञापन गरेका थिए ।
यसअघि बस्नेतकै स्मृतिमा बिर्तामोड ३ स्थित विराट भरत विश्रान्ति परिसरमा विभिन्न जातका फलफूलका बिरुवा रोपिएको अध्यक्ष अग्रवालले बताए ।
कार्यक्रम संयोजक ओमकृष्ण विमलीको संयोजकत्वमा आयोजित वृक्षरोपण कार्यक्रममा क्लबका पूर्व अध्यक्षसहित रोटेरियन र रोट्रयाक्टरहरूको उल्लेख्य उपस्थिति रहेको थियो।