झापा : सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा आयोजित दुई दिवसीय सहकारी ब्यवस्थापन, क्षमता अभिबृद्धि तथा कर अभिमुखीकरण तालिम समापन भएको छ ।
झापा बिर्तामोड ४ मा मुख्य कार्यालय रहि झापा, मोरङ, इलाम र पाँचथर जिल्लाका ४६ वटा सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको सिम्रिक साकोसको आयोजनामा हिजो जेठ १६ गतेबाट सुरु भएको तालिम आज शनिबार समापन भएको हो ।

सहकारी संस्थाका ४६ वटै सेवा केन्द्रका व्यवस्थापक, सञ्चालक समिति, व्यवस्थापन तह अन्य समिति तथा उप समितिलाई एकै ठाउंमा राखेर क्षमता अभिबृद्धि तालिमको आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
उनले आगामी आर्थिक बर्ष २०८२ ÷८३ लाई ध्यानमा राखेर संस्थाको नीति नियममा रहेर जोखिम रहित कारोबार गरेर संस्थालाई माथि उठाउने उदेश्य अनुरुप सबैलाई एकै ठाउंमा राखेर तालिम दिइएको बताए ।

_1736908732.jpg)
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका रजिष्ट्रार हरि बहादुर खत्री , प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका वरिष्ठ अधिकृत मनोज कार्कीले सहकारी क्षेत्रको विकास र प्रवद्र्धन गर्न यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा व्यवस्थापकको भूमिका, लगायतका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

साथै उनीहरुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले भर्खरै जारी गरेको मापदण्डको बारेमा पनि जानकारी प्रदान गरेका थिए ।
त्यस्तै सि.ए. श्रीप्रसाद निरौलाले एनएफआरएसका सुचकका बारेमा र आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाका कर अधिकृत डोर बहादुर सुनुवारले कर प्रणालीका बिभिन्न सुचकका बिषयमा अबगत गराउनुका साथै सहभागिले राखेको जिज्ञासाको जवाफ दिएका थिए ।
यो तालिमले सहकारी संस्थाका व्यवस्थापकहरूको क्षमता विकास गरी सुशासनयुक्त र व्यवसायिक सफल संस्था सञ्चालन गर्न सहयोग पु¥याउने सिम्रिक साकोसले विश्वास लिएको छ ।
सहकारी संस्थाको समग्र व्यवस्थापनमा व्यवस्थापकहरूको महत्वपूर्ण भूमिका रहने बताउँदै समय सापेक्ष रूपमा आफूलाई दक्ष र प्रविधिमैत्री बनाई हरेक क्षेत्रमा दखल राख्नुपर्नेमा संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जोड दिएका थिए ।
कार्यक्रममा सहकारी संस्थाहरु तथा वित्तीय क्षेत्रमा देखिएको वर्तमान चुनौतीलाई सामना गर्दै संस्थालाई थप सुदृढ र सक्षम बनाउन सबै पक्ष लाग्नु पर्नेमा जोड समेत दिइएको थियो ।