झापा : 

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक( डिआइजी ) ईश्वर कार्कीले आज सोमबार  जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गरेका छन् । 

कार्यालय भवन, सबै शाखा तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा उनले  वृक्षारोपण समेत गरेका छन् ।  निरीक्षण प्रश्चात प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरुसहित सिमावर्ति इलाकामा खटिएका प्रहरी अधिकृतहरु समेतलाई आवश्यक निर्देशन समेत दिएका छन् । 

निर्देशनको क्रममा उनले  प्रहरीको आचरण, व्यवहारमा सुधार ल्याई अनुसाशित भई आफ्नो पदीय जिम्मेवारी अनुसार भातृत्व र बन्धुत्व भावका साथ संगठनको हित र श्रीबृद्धिमा लागि पर्न सम्पूर्ण प्रहरी कर्मचारीरुलाई निर्देशन दिनुका साथै संगठनलाई आँच आउने कृयाकलाप गर्ने प्रहरी कर्मचारीहरुलाई कारवाही र उत्कृष्ट कार्य गर्नेलाई तत्काल पुरष्कृत गरीने बताए । 

WhatsApp Image 2025-06-02 at 05.53.58

खुला सिमा भएको झापामा हुन सक्ने सिमावर्ती अपराध, चोरी तस्करी, भन्सार छली, लागुऔषध ओसार पसार नियन्त्रण गर्न आर्थिक प्रलोभनमा नपरी शून्य सहनशीलतामा रही व्यावसायिक प्रहरीको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । 

WhatsApp Image 2025-06-02 at 05.53.59

सोही क्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले विपद व्यवस्थापन गुल्म चन्द्रगढी, झापाको निरीक्षण गर्नुका साथै बिपद उद्धारमा प्रयोग हुने सामग्रीहरुको अवलोकन गर्नु भई वर्षायामको समयमा हुने वाढी पहिरो जस्ता विपदका घटनाहरुमा नागरिकको धनजनको सुरक्षाका लागी तत्काल उद्धार कार्यमा परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिए । 

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले प्रदेश प्रहरी प्रमुख कार्कीलाई झापा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु, भारतीय काउन्टर पार्टस संगको समन्वय र सहकार्य लगायतका विषयहरुमा अवगत गराएका थिए ।