नक्कली नोटसहित झापाको काँकरभिट्टाबाट एक व्यक्ति पक्राउ परेका छन् । आइतबार राति ९ बजे मेचीनगर नगरपालिका – ६ काँकरभिट्टामा रहेको नेपाल बैंक अगाडि तेह्रथुम फेदाप गाउँपालिका वडा नं  २ओयाक्जुङ बस्ने २८ वर्षीय गणेश भारती एक लाख रपैंया नक्कली नोटसहित पक्राउ परेका हुन् ।

भारती शंकास्पद हिडडुल गरिरहेको अबस्थामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट नेपाली दर नोट १ हजारको जस्तो देखिने बुङलाई रवरले बाँधेको अवस्थामा फेला परेको थियो ।

त्यस बुङलाई गन्ती गरी हेर्दा नोट नम्बर ञ ३१, ८६६५७९ उल्लेख भएको जम्मा ४२ थान, नोट नम्बर ज १२, ०८३५७९ उल्लेख भएको जम्मा ५६ थान र नोट नम्बर झ।७६।२३८८२६ उल्लेख भएको जम्मा २ थान गरी जम्मा १ सय थान रंगिन प्रिन्ट गरिएको नोट फेला परेको प्रहरीले जनाएको छ । नक्कली नोटसहित भारतीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।